३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


एमाले ११औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा पोखरेल निर्वाचित



काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। काठमाडौँमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पद सुरक्षित गर्दा उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए। यससँगै ओली लगातार तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतदानमा कुल २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए। महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए। नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको हो। मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

यसैगरी, महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन्। पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै महासचिव पद जितेका हुन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत पाए।

महाधिवेशनबाट अध्यक्ष र महासचिवसहित नयाँ नेतृत्व चयन भएसँगै एमालेको आगामी राजनीतिक दिशा र संगठन सुदृढीकरणमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।