मध्य ललितपुरको चापागाँउस्थित टाहाखेल सडक विस्तार हुने भएको छ ।
नगरपालिकाले चापागाँउ टाहाखेल तरकारी बजार चौतारा सम्म बीच सडकबाट ८ मिटर सडक खाली गराउन सूचना जारी गरिएको छ । गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपानेको हस्ताक्षर रहेको सूचनामा घर तथा टहरा हटाउन ३ दिनको मात्रै समय दिइएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाले ठेक्का सम्झौता गराएकोले सो स्थानको घर टहरा हटाउन उर्दी जारी गरिएको हो ।
यस स्थानका सबैजसो स्थानीयबासी केही बर्षअघि नै घर टहराको मुआव्जा वितरण गरिएको थियो । सरकारले लेले टिकाभैरव र टाहाखेल सडक केही समयअघि विस्तार गरिसकेको छ । ढोलाहिटी चापागाँउ सडक भने २०७२ सालमा ठेक्का लगाएको भए पनि स्थानीयबासीले घर टहरा हटाउन इन्कार गरेपछि विस्तार हुन सकेको छैन ।







प्रतिक्रिया