२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउ टाहाखेल सडक विस्तारका लागि घर तथा टहरा हटाउन सूचना जारी



मध्य ललितपुरको चापागाँउस्थित टाहाखेल सडक विस्तार हुने भएको छ ।
नगरपालिकाले चापागाँउ टाहाखेल तरकारी बजार चौतारा सम्म बीच सडकबाट ८ मिटर सडक खाली गराउन सूचना जारी गरिएको छ । गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपानेको हस्ताक्षर रहेको सूचनामा घर तथा टहरा हटाउन ३ दिनको मात्रै समय दिइएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाले ठेक्का सम्झौता गराएकोले सो स्थानको घर टहरा हटाउन उर्दी जारी गरिएको हो ।

यस स्थानका सबैजसो स्थानीयबासी केही बर्षअघि नै घर टहराको मुआव्जा वितरण गरिएको थियो । सरकारले लेले टिकाभैरव र टाहाखेल सडक केही समयअघि विस्तार गरिसकेको छ । ढोलाहिटी चापागाँउ सडक भने २०७२ सालमा ठेक्का लगाएको भए पनि स्थानीयबासीले घर टहरा हटाउन इन्कार गरेपछि विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।