२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर धापाखेलमा भारतीय इन्जिनियरको हत्या भएको खुलासा



ललितपुर 

ललितपुर महानगरपालिका २४, धापाखेलमा डेढ महिनाअघि भारतीय नागरिक ४६ वर्षीय देव कुमारको हत्या भएको खुलेको छ ।

मृतक देव कुमार चौधरी ग्रुपद्वारा निर्माणाधीन कोलोनीको डिजाइन कामका लागि नेपाल आएका थिए ।

प्रहरीका अनुसार, उनी निर्माणाधीन कोलोनीको बाथरुममा मृत फेला परेका थिए। घटनास्थलमा देव कुमारको हातखुट्टा र मुख बाँधिएको र टाउकामा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो।

हत्याको कारण र घटनामा संलग्न व्यक्तिहरूको पहिचान अझै खुल्न सकेको छैन।

ललितपुर जिल्ला प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान जारी राखेको छ। प्रहरीले कोलोनीमा कार्यरत कामदारहरूमा निगरानी बढाएको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।