४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – सन अफ ग्राण्डमदर निर्माण हुने



 

काठमाडौं

नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – सन अफ ग्राण्डमदर निर्माण हुने भएको छ ।

चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन् ।

विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल (नेपाल)ले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ ।

मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि चलचित्रको कथा भने खुलाइएको छैन । हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको छायाँकन फेब्रुअरी २०२६ देखी शुरु हुनेछ । चलचित्रका कलाकार तथा प्राबिधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।