१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले प्रथम केन्द्रीय कमिटी बैठकका ५ एजेन्डा, कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव



काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकमा ५ वटा मुख्य एजेन्डा पेस गरिएका छन्। शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधन गरेका थिए। त्यसपछि महासचिव शंकर पोखरेलले एजेन्डा पेस गरेका थिए।

जस अनुसार महाधिवेशनस्थलमा शपथग्रहण गर्न छुटेका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराइने एजेन्डा राखिएको छ। त्यस्तै, विधान सम्पादन तथा प्रकाशनसम्बन्धी विषयमा छलफल हुने भएको छ। पार्टीभित्रको कार्यविभाजनका लागि केन्द्रीय सचिवालयलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि बैठकको प्रमुख एजेन्डामा समावेश छ।

यसबाहेक सल्लाहकार परिषद् गठनसम्बन्धी नीतिगत निर्णय गर्ने तथा केन्द्रीय कमिटीको दोस्रो बैठक आयोजना गर्ने मिति तोक्ने एजेन्डा समेत तय गरिएको छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।