१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘आचार्य’ को छायाङ्कन रोकियो



काठमाडौं । निर्देशक निखिल उप्रेतीको फिल्म ‘आचार्य’ को छायाङ्कन रोकिएको छ। सर्लाहीमा केही दिनदेखि छायाङ्कन भइरहेका फिल्मको काम रोकिएपछि सम्पूर्ण युनिट काठमाडौँ फर्किसकेको छ।

निर्देशक उप्रेतीका अनुसार, फिल्ममा अभिनय रहने भारतीय कलाकारको समय जनवरीमा मात्र मिल्ने भएकाले छायाङ्कन रोकिएको हो। उनले भने, “ती कलाकारको समय बिचमा नभएको कारण फिल्मको काम रोकियो। त्यसै बस्नु भन्दा सम्पादन सुरु गर्ने निर्णय गर्यौं।”

७० प्रतिशत छायाङ्कन सकिएको फिल्म भारतीय कलाकारको समय मिल्ने बित्तिकै पुनः सुरु गरिने बताइएको छ। फिल्मका निर्माता अभिनेत्री सञ्चिता लुईँटेल हुन्। फिल्मको छायाङ्कन गत भदौ ६ गते भारतको प्रसिद्ध पर्यटकीय स्थल ‘डुअर्स’ बाट सुरु भएको थियो। त्यसपछि टोली बागडोगरा, सिलिगुडी, ठाकुरगन्ज हुँदै सर्लाही पुगेको थियो।

फिल्ममा निखिल उप्रेती स्वयं प्रमुख अभिनेता रहेका छन्। उनीबाहेक सञ्चिता लुईँटेल, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारीलगायत कलाकारहरूको अभिनय रहनेछ। यससँगै बलिउड र दक्षिण भारतीय चलचित्रमा काम गरिसकेका केही चर्चित कलाकारहरू पनि फिल्ममा देखिने जनाइएको छ।

यस्तै, अभिनेत्री सञ्चिता लुईँटेल यस फिल्मबाट कोरियोग्राफीमा पनि पाइला चाल्दैछिन्। उनी फिल्मको नेपाली र हिन्दी संस्करणमा समावेश हुने एक गीतको कोरियोग्राफी गर्ने जनाइएको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।