२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुण्डुमा रास्वपाको घरदैलो अभियान



भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारहरूले भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्। गुण्डु क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास रहेको क्षेत्रका रूपमा पनि परिचित छ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आकांक्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्डु क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको हो। रास्वपाले यही पुस ४ गते समानुपातिकतर्फ आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो।

पार्टीले तय गरेको मापदण्डअनुसार प्रारम्भिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने विधि अपनाइएको छ। समानुपातिकतर्फका आकांक्षी उम्मेदवारलाई देशका सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरूसँग पार्टीले हिजो सबै प्रदेशमा छलफल कार्यक्रमसमेत आयोजना गरेको थियो। छनोट प्रक्रियाकै क्रममा आजका लागि घरदैलो अभियान सञ्चालन गर्न आकांक्षी उम्मेदवारहरूलाई विभिन्न स्थानमा खटाइएको हो।

घरदैलो अभियानबारे बोल्दै आकांक्षी प्रदीप तिमिल्सिना (साजन) ले पार्टीको निर्देशनअनुसार आफूलाई गुण्डु क्षेत्रमा खटाइएको बताए। रास्वपाले उद्धार, राहत तथा सामाजिक सेवाका कार्यमा स्वयंसेवी रूपमा परिचालन गर्ने उद्देश्यले र्‍यापिड एक्सन टीम (र्‍याट) गठन गरेको छ। युवाहरूलाई समेटेर गठन गरिएको उक्त संगठनको संयोजक साजन रहेका छन्।

 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।