१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाक्लो हुस्सुका कारण भैरहवा, जनकपुर र सिमरा विमानस्थल बन्द



काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई सेवामा आंशिक अवरोध देखिएको छ। बाक्लो हुस्सुका कारण हाल भैरहवा, जनकपुर र सिमरा विमानस्थलबाट उडान तथा अवतरण हुन सकेको छैन। यद्यपि धनगढी विमानस्थल भने केही समयअघि पुनः सञ्चालनमा आएको छ।

नागरिक उड्डयन क्षेत्रका अनुसार अन्य आन्तरिक विमानस्थलहरूमा भने उडान सेवा सामान्य रूपमा जारी छ। तराई क्षेत्रमा विशेषगरी जाडो याममा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने भएकाले अधिकांश विमानस्थलहरू नियमित रूपमा बन्द हुने गरेका छन्। मौसममा सुधार आएपछि दिउँसोतिर क्रमशः विमानस्थलहरू खुल्ने अभ्यास रहँदै आएको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।