७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका जनप्रतिनिधि नै गाँउ बस्न छोडेपछि …



चापागाँउ
दक्षिण ललितपुरका जनप्रतिनिधिहरु नै गाँउ बसेर शासन व्यवस्थामा सहभागी नभएको विषयमा एक कार्यक्रममा चिन्ता व्यक्त गरिएको छ ।

ललितपुरका नेता सनोज महत र स्थानीय पत्रकारहरुबीच भएको अन्र्तक्रियामा सहभागीहरुले दक्षिण ललितपुरको बस्ती खाली बन्दै गएको विषयमा चर्चा भएको हो ।

स्थानीय पत्रकार सन्तोष दाहालले वागमती, कोञ्ज्योसोम र महाँका गाँउपालिकाका सबै जसो अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विहान काठमाडौं उपत्यकाबाट जागिर खान दक्षिण ललितपुर पुग्ने गरेको र साँझ उपत्यका फर्कने गरेको तथ्य सुनाएका छन् । उनले भने, ‘गाँउ घरमा नेता समेत नबस्ने भएपछि हुनेखाने सर्वसाधारण गाँउ बस्नै रुचाउदैनन् ।’ दक्षिण ललितपुरको पहाडी क्षेत्रमा हरेक वर्षामा बाढी पहिरोले बस्न सकस भएपछिबदक्षिण ललितपुरका जनप्रतिनिधि नै गाँउ नबस्न छोडेपछि
दक्षिण ललितपुरका जनप्रतिनिधिहरु नै गाँउ बसेर शासन व्यवस्थामा सहभागी नभएको विषयमा एक कार्यक्रममा चिन्ता व्यक्त गरिएको छ ।

ललितपुरका नेता सनोज महत र स्थानीय पत्रकारहरुबीच भएको अन्र्तक्रियामा सहभागीहरुले दक्षिण ललितपुरको बस्ती खाली बन्दै गएको विषयमा चर्चा भएको हो ।

स्थानीय पत्रकार सन्तोष दाहालले वागमती, कोञ्ज्योसोम र महाँका गाँउपालिकाका सबै जसो अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विहान काठमाडौं उपत्यकाबाट जागिर खान दक्षिण ललितपुर पुग्ने गरेको र साँझ उपत्यका फर्कने गरेको तथ्य सुनाएका छन् । उनले भने, ‘गाँउ घरमा नेता समेत नबस्ने भएपछि हुनेखाने सर्वसाधारण गाँउ बस्नै रुचाउदैनन् ।’ दक्षिण ललितपुरको पहाडी क्षेत्रमा हरेक वर्षामा बाढी पहिरोले बस्न सकस भएपछि आर्कषण घटेको उनले तर्क गरे ।

पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले करोडौं लगानी गरेर निर्माण गरिएका पालिकाका भवनहरुलाई जनप्रतिनिधि र कर्मचारीहरुको आवास बनाउनु पर्नेमा जोड दिए । भने, ‘जिल्ला समन्वय समितीको कार्यालय मानभवनबाट दक्षिण ललितपुर जाने जनप्रतिनिधिहरुको ताँती देखिन्छ । यो सबै रोक्न सके राज्यको पैसा जोगिन्थ्यो ।’
अन्नपूर्ण पोष्टका पत्रकार अशोक दुलालले दक्षिण ललितपुरको लागि राजनीति गर्ने नेतृत्वले बसाई सराईको समस्या रोक्न योजना अघि बढाउने कार्यक्रम ल्याएर कार्यान्वयन नगरे भोलिका दिनमा अप्ठ्यारो अवस्था आउने बताए । भने, अब विकास गर्छु भनेर मात्रै हुँदैन कसका लागि विकास गर्ने हो त्यो पनि सोच्नु पर्छ ।

अर्का स्थानीय पत्रकार रमेश प्रसाद तिमल्सिनाले गाँउमा सडक पुगेपछि त्यही बाटो झिटीगुण्डा प्रयोग गरेर सहर बस्ने प्रबृति बढेकोमा चिन्ता व्यक्त गरे । उनले जनतालाई गाँउमा बस्ने वातावरणसँगै महत्व बुझाउन अवको नेतृत्वले कसरत गर्नु जरुरी छ । राष्ट्रिय समाचार समितीका पत्रकार माधव प्रसाद घिमिरेले दक्षिण ललितपुरमा पक्की सडक विस्तार गर्न सके तरकारी दुध र अन्न उपजबाट आम्दानी बढाएर यहाँका स्थानीयलाई गाँउमा कमाउने र रमाउने वातावरण बनाउन सकिने योजना सुनाए ।

स्थानीय नेता सनोज महतले दक्षिण ललितपुरका बसोबास गर्न लायक टुंगुन करिडोर र वागमती करिडोरलाई विकासको आधार बनाउनु पर्ने योजना अघि सारे भने । अप्ठ्यारा पहाडी भूभागमा वालुवा खानी ढुंगा खानी र औधोगिक क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । गोदावरी नगरपालिकाको नल्लु टिकाभैरव क्षेत्रबाट बर्षेनी १५ देखि २० करोड आम्दानी गरिरहेको सन्दर्भ उल्येख गर्दै दक्षिण ललितपुरको उर्भर जमिनमा कृषि क्षेत्र, अप्ठयारो स्थानमा उद्योग र सुगम क्षेत्रमा बस्ती विकासको योजना अघि बढाउनु पर्ने बताए ।
पछिल्लो समय दक्षिण ललितपुरका गाँउ गाँउमा खेत बारी बाँजो राखेर सहर बस्ने क्रम बढ्दो छ । यहाँका बासिन्दाले आफ्ना जग्गामा स्थानीयबासीलाई घर गोठ निर्माण गरिदिएर निशुल्क खेती गरेर खान दिएर सहर पस्ने गरेको पाइन्छ । गाँउ घरमा युवाहरु श्रम गर्न सहर वा विदेश पस्ने कारण बुढाबुढीको संख्या मात्रै भेटिन्छन् । यहाँका विद्यालयहरुमा विद्यार्थी अभावका कारण दिनानुदिन कक्षाकोठा खानी बन्ने गरेको पाइन्छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।