८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउले राख्यो नयाँ कीर्तिमान



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको हो ।

सोमबार २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर ४ हजार २ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुन र चाँदीको यो मूल्य इतिहासकै महङ्गो हो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।