८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं प्रशासनमा सुरु भयो टोकनबाट सेवा



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि टोकन प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।

भदौ २३ र २४ गतेको ‘जेन-जी आन्दोलन’का क्रममा बबरमहलस्थित प्रशासन कार्यालयमा भएको आगजनीपछि अस्थायी रूपमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको भवनबाट सेवा दिइरहेको प्रशासनले करिब दुई महिनापछि सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै टोकन प्रणाली पूर्णरूपमा लागू गरेको हो ।

आइतबार र सोमबार परीक्षणका रूपमा सञ्चालन गरिएको टोकन प्रणाली मङ्गलवारदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्ति रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।