९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा लगातार चौथो दिन पनि नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको उच्च हो ।

त्यस्तै आज चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी तोला १६५ रुपैयाँले वृद्धि भएर ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।