९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका तीन होटललाई ४५ हजार जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका तीनवटा होटललाई कुल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार मंगलबार गरिएको अनुगमनका क्रममा थाकखोला थकाली भान्सा घरलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड वर्ल्ड एन्ड ब्याङ्केटलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१) अनुसार कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा अन्य होटल तथा खाजा पसलमा भने सुधार गर्नुपर्ने अवस्था देखिएकाले विभागले सुधारात्मक निर्देशन दिएको छ। विभागले कुल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गर्दा १५ वटालाई सुधारात्मक निर्देशन र तीन वटालाई नगद जरिवाना गरेको जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।