काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा, नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको हो ।
पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ । उक्त सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
२०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले २०७८ माघ २५ गते पार्टी छोडेका थिए ।
महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले २०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।







प्रतिक्रिया