चापागाँउ
हातमा एउटा माइक बोकेर सानो टेम्पो लिएर एक्लै चुनाव प्रचार गर्दै हिडेका धरानका नेता हर्क साङपाङले अन्ततः चुनाव जितेरै छाडे । नेता साङपाङले निर्वाचनमा जितेर पछिल्लो समय धराने जनताको खानेपानी समस्या समाधानको कोसिस गर्दै चर्चामा पनि छन् ।
ठ्याक्दै धराने मेयर पदमा उम्मेदवारी दिएका बेला र्झै दक्षिण ललितपुर केन्द्रित राजनीतिमा सक्रिय गोदावरी नगरपालिकाका नेता सनोज महज उनै हर्क साङपाङकै शैली अपनाउदै विभिन्न मुद्दा बोकेर जनातको घर दैलोमा पुग्ने अभियान सुरु गरेका छन् ।
उनले आफ्नो छुट्टै पहिचान झल्काउन लङकोट र बुट लगाएका देखिन्छन् । बस्ती पसेर उनले स्थानीयलाई पर्चा पनि बाँडेका छन् ।
बुधबार महतले गोदावरी वडा नं. १ गोदामचौरमा भेटिए । उनी टेण्ट गाडेर बसेका छन् । उनले त्यहाँ माइक घन्काउदै आफ्ना कुरा सुनाए । वरपरका स्थानीयसँग अन्र्तक्रिया गरे ।
पिलुलस फस्ट पार्टीको प्रचार अभियान भन्दै उनी ललितपुरको सामुदायिक विद्यालयका विकृतिविरुद्ध आवाज उठाए । राजनीतिक दल र नेतृत्वले गरेको कामको आलोचना गरे ।
नेता महत आफू ललितपुर क्षेत्र नं. १ का चार पालिकाका ३० वटै वडामा अभियान लिएर जाने योजना ललितखबरलाई सुनाए । उनी हरेक वडामा २४ घण्टा बस्नेछन् । वडा कार्यालय नजिकको सार्वजनिक जग्गामा टेण्ट राखेर उनी राती समेत बस्ने बताउछन् ।
भन्छन्, ‘लामो समय जनताका लागि राजनीति गरेको म ३० दिन जनतासँग भिज्न हिडेको हुँ ।’
आगामी फागुन २१ गते संघीय निर्वाचन घोषणा गरिएको सन्दर्भमा उनी निर्वाचन प्रचारका लागि मात्रै अघि नबढेको बताउछन् । भन्छन्, ‘निर्वाचन होला न होला म आफ्ना कुरा जनतामा पु¥याउन चाहन्छु ।’
को हुन् सनोज
सनोज महत गोदावरी ५ लेलेका स्थानीय बासिन्दा हुन् । २०५८ सालमा पाटन कलेजमा आईए लेभलमा अध्ययन गरिरहेको अवस्थामा तत्कालीन सरकारले आतंककारी घोषणा गरेको नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीको सदस्य रहेर आतंककारी राजनीतिक गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । अदालतको सफाईपछि उनी २०६० सालमा सफाई समेत पाए । उनले सो समयमा जेलमै बसेर आइए पास गरे । अनि भारत बसेर अध्ययनलाई अघि बढाए । २०६३ सालपछि माओवादी खुला राजनीतिमा सक्रिय भएपछि उनी राजनीतिक रुपमा सक्रिय समेत रहे । उनी नेता बाबुराम भट्राईको नेतृत्वमा बनेको नयाँ शक्ति पार्टीको ललितपुर प्रमुख समेत भए । २०६८ सालपछि उनले घोषणै गरेर पार्टी त्यागे । उनी अहिले आफूलाई कुनै राजनीतिक गतिविधिमा सक्रिय नरहेको बताउछन् । भन्छन्, ‘म अहिले कुनै राजनीति गतिविधिमा सक्रिय छैन । कुनै राजनीतिक दर्शन बोकेर हिडेको छैन । विशुद्ध स्वतन्त्र छु ।’ उनी तत्कालिन समय सचेत भएर भन्दा पनि अचेत भइ राजनीतिमा लागेको धरणा राख्न थालेको छन् ।
१० पुस २०८२, बिहिबार
58
Shares







प्रतिक्रिया