२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा नेपाली सेनाको तालिम सम्पन्न



चापागाँउ

नेपाली सेनाले दक्षिण ललितपुरमा तालिम सम्पन्न गरेको खबर प्राप्त भएको छ ।
समाचार अनुसार ललितपुर गोदावरी नगरपालिकाको देवीडाँडा ब्यारेक लेलेमा तैनाथ बटुकदल गणले देविचौरमा सामुदायिक विपद प्रतिकार्य तालिम सम्पन्न गरेको हो ।

बटुकदल गणका सेनानी दिनेश तामाङ्गको नेतृत्वमा खट्टिएको सेनाको टोलीले गोदावरी ७ का वडाध्यक्ष सहित जनप्रतिनिधिहरु, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीहरु गरी करिव ५० जनालाई सहभागी गराई विपद् प्रतिकार्य सम्बन्धि तालिम संचालन गरेको थियो ।

उक्त तालिममा विपद् व्यवस्थापनमा नेपाली सेनाको भुमिका, फायर फाईटिङ्ग तथा बाढीमा उद्दार गर्दा प्रयोग हुने सामानहरुको परिचय र प्रयोग गर्ने तरिका, प्राथमिक उपचार तथा ईन्प्रोभाईज स्ट्रेचर बनाउने तरिकाहरु र सो सम्बन्धी अभ्यास तथा डेमोस्ट्रेशनहरु संचालन गरिएको थियो ।

तालिममा करिब ७० जनाको सहभागितामा गोदावरी ७ देउराली स्थित दुधेश्वर मन्दिर र देउराली भ्यु टावर ईलाका समेत सरससफाई गरेको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।