चापागाँउ
नेपाली सेनाले दक्षिण ललितपुरमा तालिम सम्पन्न गरेको खबर प्राप्त भएको छ ।
समाचार अनुसार ललितपुर गोदावरी नगरपालिकाको देवीडाँडा ब्यारेक लेलेमा तैनाथ बटुकदल गणले देविचौरमा सामुदायिक विपद प्रतिकार्य तालिम सम्पन्न गरेको हो ।
बटुकदल गणका सेनानी दिनेश तामाङ्गको नेतृत्वमा खट्टिएको सेनाको टोलीले गोदावरी ७ का वडाध्यक्ष सहित जनप्रतिनिधिहरु, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीहरु गरी करिव ५० जनालाई सहभागी गराई विपद् प्रतिकार्य सम्बन्धि तालिम संचालन गरेको थियो ।
उक्त तालिममा विपद् व्यवस्थापनमा नेपाली सेनाको भुमिका, फायर फाईटिङ्ग तथा बाढीमा उद्दार गर्दा प्रयोग हुने सामानहरुको परिचय र प्रयोग गर्ने तरिका, प्राथमिक उपचार तथा ईन्प्रोभाईज स्ट्रेचर बनाउने तरिकाहरु र सो सम्बन्धी अभ्यास तथा डेमोस्ट्रेशनहरु संचालन गरिएको थियो ।
तालिममा करिब ७० जनाको सहभागितामा गोदावरी ७ देउराली स्थित दुधेश्वर मन्दिर र देउराली भ्यु टावर ईलाका समेत सरससफाई गरेको थियो ।







प्रतिक्रिया