१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ट्राफिक प्रहरीले फेला पारेका ६० दुईपांग्रे सवारी धनीलाई हस्तान्तरण



काठमाडौं । चोरी भएका तथा हराएका ६० वटा दुईपांग्रे सवारी साधन (स्कुटर र मोटरसाइकल) ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले शुक्रबार आयोजित कार्यक्रममा ती सवारी साधनहरू धनीलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी ईश्वर कार्कीको उपस्थिति रहेको र सवारी धनीलाई सवारी हस्तान्तरण गरिएको ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।

हराएका तथा चोरी भएका सवारी पुनः प्राप्त भएपछि सवारी धनीहरूले खुसी व्यक्त गरेका छन्। सवारी प्राप्तिको खुसीमा धनीहरूले ट्राफिक प्रहरीसँगै केक काट्दै खुशी साटासाट गरेका थिए।

ट्राफिक प्रहरीले चोरी तथा हराएका सवारीको खोजतलासलाई थप प्रभावकारी बनाइने पनि जनाएको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।