१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सेतो मच्छिन्द्रनाथको वार्षिक महास्नान



काठमाडौं । काठमाडौंको ऐतिहासिक जनबहालमा सेतो मच्छिन्द्रनाथको वार्षिक महास्नान कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन आयोजना गरिने यो धार्मिक अनुष्ठान एक सातासम्म चल्ने परम्परागत उत्सवको प्रारम्भिक विधि हो, जुन पूर्णिमासम्म मनाइन्छ।

कार्यक्रमअनुसार मन्दिरका मुख्य पुजारीले देवतालाई बाहिर स्थापना गरी विधिविधानसहित महास्नान गराउने परम्परा रहेको छ। यस अनुष्ठानमा जीवित देवी कुमारीसहित ठूलो संख्यामा श्रद्धालु र सर्वसाधारणले अवलोकन गर्ने गर्दछन्।

पञ्चबुद्धको पहिरनमा रहेका अन्य पुजारीहरूले प्रारम्भिक धार्मिक कर्मकाण्ड सम्पन्न गरेपछि महास्नान सुरु हुन्छ। स्नान अघि मुख्य पुजारीले सेतो मच्छिन्द्रनाथ र दुई साना देवताहरूका वस्त्र फुकाल्ने गर्दछन्। भक्तजनहरूले प्रत्येक तहका वस्त्र फुकालिएको गन्ती गर्दै उत्सुकतापूर्वक अनुष्ठान नियाल्ने दृश्य देखिन्छ।

त्यसपछि अन्य पुजारीहरूले विधिपूर्वक पूजा सम्पन्न गरेपछि दुई जना पुजारीले दूध र घिउ मिसाइएको पवित्र जल प्रयोग गरी देवताहरूलाई महास्नान गराउँछन्। स्नानका लागि प्रयोग गरिने पानी शोभा भगवतीस्थित भचखुशीबाट एक दिनअघि ल्याइने परम्परा छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।