१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरबाट जुवातास खेलिरहेका चार जना पक्राउ



काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ चपाचोबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं साँखु इन्द्रेणी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ४२ वर्षीय सुमन सिंह तामाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।