१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अर्जुन घिमिरेको ‘झरीपछिको इन्द्रेणी’ बक्सअफिसमा कमजोर प्रदर्शन



काठमाडौं । अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ बक्सअफिसमा अपेक्षित सफलता हात पारेको छैन। पुस ४ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले ९ दिनसम्म कुल ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कलेक्सन मात्र गर्न सफल भएको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्ला फिल्मको बक्सअफिस रिपोर्ट अनुसार, सो अवधिमा फिल्मका १९ हजार ७९३ टिकट मात्रै बिक्री भएका छन्।

फिल्मका लागि मेयर बालेन्द्र शाहले र्‍याप समेत गाएका थिए र प्रचारप्रसारमा सहयोग पनि गरेका थिए। तर, हलमा दर्शक तान्न फिल्म असफल रह्यो।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय समावेश छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।