२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती गाउँपालिका–७ मा मोटरबाटो निर्माण हुँदै



ललितपुर । बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री मिनकृष्ण महर्जनले बागमती गाउँपालिका–७ का विभिन्न स्थानमा मोटर बाटो निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरेका छन्।

बजेट विनियोजन गरिएका आयोजनाअन्तर्गत गिम्दिस्थित थलि–चुलि, राउन खोला, साउमारा चमेरो गुफा मोटर बाटो निर्माण, काउसेबेशी–काउसे स्कुल–भैरबथुम मोटर बाटो, महतटोल–कोल्थुम–चुहारडाँडा मोटर बाटो, नागटार–घ्याम्पे रुख हुँदै जनक माध्यमिक विद्यालय जाने मोटर बाटो तथा गिम्दिबेशी–दोर्जिलिङ कटुवा मोटर बाटो निर्माण कार्य समावेश छन्।

निर्माण कार्य अघि बढाउने तयारीस्वरूप बागमती गाउँपालिका–७ का जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालय, ललितपुरका इन्जिनियरसहित स्थलगत अनुगमन तथा नापजाँच कार्य सम्पन्न गरिएको छ।

स्थलगत अनुगमनपछि निर्माण प्रक्रिया अघि बढ्ने र सबै आयोजनाको काम छिट्टै सुरु हुने जनाइएको छ। स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका यी मोटर बाटो निर्माणले यातायात सहजता, शिक्षा, स्वास्थ्य तथा समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।