१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा २ युवक हत्याकाण्ड सुल्झाउने डीएसपीसहित ७ जना पुरस्कृत



काठमाडौं । दुई दिनको अन्तरालमा दुई युवकको हत्या भएको घटनाको सफल र छिटो अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

सिन्धुलीका २५ वर्षीय केशवराज हायु उर्फ पारुहाङ राईको हत्या भएको घटनालाई घण्टाभित्रै सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरूलाई पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी वेद पौडेल, डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सहायक निरीक्षक (सई), एक जना असई र एक जना हवल्दार गरी सात जना रहेका छन्।

उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुलीका देवराज ढुंगेल र जयराज अधिकारीलाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।