१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ



ललितपुर । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ ठैब लाखे टोल डेरा गरी बस्ने खोटाङ घर भएकी २९ वर्षीया संगीता कार्कीको कोठामा जुवातास खेलिरहेको अवस्थामा संगीतासमेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३६ हजार ४ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ५ थान मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  २ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।