चापागाँउ
ललितपुरको चापागाँउ सडक मध्यराती प्रहरीमाथि आक्रमण भएको छ ।
ललितपुरका पारस भनेर चिनिने सुरेन्द्र श्रेष्ठ उर्फ (शेर्पे)ले ड्उुटीमा खलिएका प्रहरीमाथि आक्रमण गरेको महानगरिय प्रहरी परिसर जावलाखेलका प्रवक्ता चक्रराज जोशी ले ललितखबरलाई जानकारी दिएका छन् ।
उनले गोदावरी ११ बुलुमा उनीले बा १८ च ६०९५ नम्बरको रातो सुजुकी कार बिच बाटोमै तेर्साएर गाडी जाम बनाएपछि प्रहरीले जाम खुलाउन लागेको थियो ।
मापासे गरेर प्रहरीमाथि आक्रमण गरेपछि तत्काल उपचारका लागि ती प्रहरीलाई अस्पताल लैजानु परेको थियो ।
प्रहरीमाथि कुटपिट गरेपछि सुरेन्द्र श्रेष्ठ उर्फ (शेर्पे)लाई तत्काल प्रहरीले पक्राउ गरेर परिसरमा बुझाइएको प्रहरी बृत्तले जानकारी दिएको छ । परिसरले म्याद थप गरेर अनुसन्धानसँगै मुद्दा दर्ताको प्रकृया अघि बढाएको प्रवक्ता जोशी बताउछन् । भन्छन्, ‘मध्यराती प्रहरीमाथि नै आक्रमण गरेपछि शान्ति सुरक्षा कायम गर्न कानूनी कारवाहीको विकल्प देखिएन ।’
प्रहरी श्रोतका अनुसार शेर्पे पछिल्लो समय प्रहरीमाथि नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा धम्याउने गरेका थिए । उच्च राजनीतिक तथा प्रशासनिक पहुच देखाएर गुण्डागर्दी गरेको भन्दै प्रहरी नै शान्ति सुरक्षा कामय गर्न कठीन गरेको गुनासो कार्यालयमा गर्न थालेका थिए ।
उनी आफूले भनेजस्तो नभए जिल्ला प्रहरी प्रमुख, सिडिओ सरुवा गर्ने हैसियत बनाएको भन्दै हल्ला खल्ला गर्ने गरेको प्रहरी श्रोत बताउछ ।







प्रतिक्रिया