काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा शुक्रबार दिउँसो र साँझ धनमाल चोरी भएको छ। काठमाडौँको चन्द्रागिरी र तारकेश्वर नगरपालिकाका तीन स्थान, महानगरपालिकाको ईनार चोकमा शृङ्खलाबद्ध चोरीका घटना भएका हुन्।
चन्द्रागिरी नगरपालिका–१४ बाईछापमा डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट सबैभन्दा ठूलो रकम बराबरको धनमाल चोरी भएको छ। उनको कोठाबाट नगद र सुनचाँदीका गरगहनासहित करिब १८ लाख ७७ हजार रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।
यस्तै, तारकेश्वर नगरपालिका–१० मनमैजुमा सुजन तामाङको डेराबाट २ लाख ६ हजार र सोही नगरपालिकाको वडा नम्बर ११ नेपालटारमा हेमा कुमारी खड्काको कोठाबाट ३ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काठमाडौँ महानगरपालिका–१५ ईनार चोकमा बिमला परियारको कोठाबाट पनि १० लाख रुपैयाँ बराबरको नगद तथा सुनका गरगहना चोरी भएको छ।







प्रतिक्रिया