२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साँखु शालीनदीमा एक महिने स्वस्थानी मेला सुरु



काठमाडौं । काठमाडौँस्थित साँखु शालीनदीमा शनिबारदेखि स्वस्थानी व्रतकथा मेला सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो परम्परागत व्रतमा देशभरका भक्तजन सहभागी हुने गर्दछन्।

व्रतका क्रममा घरमा सात्विक भावले पूजा आराधना गरी श्री स्वस्थानीको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ। शालीनदीमा स्नान गर्ने र माधवनारायण एवं श्रीस्वस्थानीको दर्शन गर्ने अवसरका लागि महिला र पुरुष दुवै सहभागी हुन्छन्, जसले घरपरिवारको सुस्वास्थ्य, सुख र शान्तिको कामना गर्छन्।

स्वस्थानी व्रत कथा अनुसार, सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पाउने चाहनामा निराहार तपस्या गरी बालुवाको शिवलिङ्ग स्थापना गरेकी थिइन्। विवाह पश्चात् लोककल्याणका लागि परम्परागत रूपमा व्रत कथा सुनाउने चलन आजसम्म जीवित छ।

माघ शुक्ल पूर्णिमाका दिन व्रतधारीहरूले १०८ जना, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता लगायतका सामग्रीहरू भगवान् भगवतीलाई अघ्र्य चढाएर कामना सिद्धिको प्रार्थना गर्छन्। चढाइएका प्रसादमध्ये आठ–आठ पातिलाई वा नजिकको पवित्र नदीमा बहाउने परम्परा छ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।