२२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला सुन दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन शुक्रवार प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर आज चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार भने चार हजार ५ सय २५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।