१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा मोटरसाइकल चोरी गर्ने व्यक्ति मोटरसाइकलसहित पक्राउ



काठमाडौं । काठमाडौंको कपन क्षेत्रबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२/०९/१७ गते करिब ११:३० बजे कपनबाट बा.प्र. ०२–०४३ प ६१३६ नम्बरको २२० सि.सी. पल्सर मोटरसाइकल चोरी भएको भन्दै निवेदन परेको थियो।

सोही आधारमा खोजतलास गर्ने क्रममा मिति २०८२/०९/१९ गते करिब ११:०० बजे काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित सडक किनारमा पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–३ घर भई हाल ललितपुर बस्ने २६ वर्षीय जीवन लामिछाने रहेका छन्। उनलाई प्रहरी प्रभाग गोँगबुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।