१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बौद्ध चुच्चेपाटी जुत्ता पसलबाट नक्कली नोट प्रयोग, टिकटक भिडियोबाट खुलासा



काठमाडौं । बौद्ध चुच्चेपाटीस्थित एक जुत्ता पसलमा १४ हजार ५ सय रुपैयाँको जुत्ता–मोजा खरिद गर्दा ग्राहकले नक्कली हजारका नोट प्रयोग गरेको घटना सार्वजनिक भएको छ। पसलेले शंकास्पद नोट देखेर टिकटकमा भिडियो पोस्ट गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

नक्कली नोट प्रयोग गर्ने समूहले एक ट्याक्सी चालकलाई सालीनदीदेखि गौशाला ल्याएर भाडा तिरेको भन्दै ५ हजारको फर्जी नोट दिएर फरार भएका छन्। ट्याक्सी चालकले गौशाला प्रहरी वृत्तमा उजुरी दिएपछि बौद्ध र गौशाला प्रहरीले संयुक्त अनुसन्धान थालेका थिए।

नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको अत्तरखेलबाट ६ जना र बाराबाट थप १ जना गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा ९३ थान फर्जी हजारका नोट बरामद गरिएको छ। रक्सौलबाट नक्कली नोट काठमाडौं ल्याइएको बयान आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।