२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘गोबर गणेश’ ट्रेलरले जित्यो दर्शकको मन



काठमाडौं ।कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको केही समयमै दर्शकको मन जित्न सफल भएको छ। ट्रेलरसहित रहेको गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलियन भ्युज पार गरेको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा गाउँले युवकको काठमाडौँ छिरेपछि भोगेको सङ्घर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरको गीतमा मरिचमानको स्वर रहेको छ र वर्षा सिवाकोटी फिचर्ड छन्।

ट्रेलर र गीत दुवैले युट्युबमा १९ लाख भन्दा बढी भ्युज पारिसकेका छन्। ट्रेलर हाल मुभी चार्टमा नम्बर २ मा रहेको छ। दर्शकहरूले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन्।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा बल्छी र वर्षा सिवाकोटीका साथै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकार छन्।

चलचित्रको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन्। ‘मेरी बास्सै’ बाट दर्शकमाझ लोकप्रिय बनेका उनी यसअघि टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ निर्देशनमा आएका थिए।

चलचित्र माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलमा प्रदर्शन हुने छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।