२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट हेटौंडा जाँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते



काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना १ ज १७७८ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जीप काठमाडौंबाट हेटौंडा जाँदै गरेको थियो ।

९ जना सवार रहेको टाटासुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ जना बालक गरी ९ जना घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।