ललितपुर
यही फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुरेन्द्र बजगाईंको नाम अगाडि आएको छ ।
रास्वपा स्रोतका अनुसार बजगाईंको नाम पार्टीको समानुपातिक बन्द सूचीमा समेत प्रस्ताव गरिएको थियो । साथै, बालेन सचिवालय र जेनजी समूहबाट समेत उनको नाम समानुपातिकमा अगाडि सारिएको थियो ।
समानुपातिकमा नाम नराखेर उनलाई ललितपुर–१ बाट प्रत्यक्षतर्फ उठाउने तयारी रहेको बुझिएको छ । ललितपुर १ मा प्रत्यक्ष उम्मेदवारको खोजी हुँदा बालेन निकट सुरेन्द्र नै उपयुक्त व्यक्ति रहेको चर्चापछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको रास्वपाका एक नेताले बताए ।
ललितपुर क्षेत्र नम्बर १मा पटकपटक निर्वाचन क्षेत्रभन्दा बाहिरका उम्मेदवारहरुले टिकट पाएर विजयी हुँदै आएका छन् । वर्षमान पुन, उदय शमशेर राणा र सुशीला नेपाललगायत नेताहरु पटक पटक यस क्षेत्रबाट सासंद बनेपनि अपेक्षित विकाश निर्माणमा योगदान दिन नसकेको जनताको गुनासो सुनिन्छ । स्थानीय नेताहरु केशरबहादुर विष्ट, मिठाराम बजगाई, मधुसुधन पौडल, नवराज सिलवाललगायत नेताहरूले यहाँबाट निर्वाचनमा विजयी भएका थिए । राजनीतिक दलको शक्ति, केन्द्रको पहुँच र राष्ट्रिय स्तरको पहिचानका कारण उनीहरू विजयी भए तापनि स्थानीय मुद्दा र आवश्यकता भने प्राथमिकतामा पर्न सकेको पाइदैन ।
युवामैत्री एजेन्डा, सञ्चारमा दक्षता र स्थानीयदेखि राष्ट्रिय तहसम्मको अनुभवका कारण सुरेन्द्र बजगाईं ललितपुर–१ मा वैकल्पिक राजनीतिक शक्तिको प्रमुख दाबेदारको रूपमा स्थापित हुन सक्ने विश्लेषण गरिएको छ ।
काठमाडौं महानगरका मेयर बालेनका प्रेस सल्लाहकार रहेर बटुलेको अनुभवका आधारमा बजगाईंलाई वैकल्पिक राजनीतिक धारको युवा प्रतिनिधि मानिन्छन् ।
को हुन् सुरेन्द्र ?
दक्षिण ललितपुरको महांकाल गाउँपालिका ४, कालेश्वरका स्थायी बासिन्दा समेत रहेका बजगाईं हाल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ’बालेन’को सल्लाहकार हुन् । साथै उनी महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् ।
हाल काठमाडौं महानगरपालिकामा उनी मिडिया समन्वय, शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा संलग्न छन् ।
काठमाडौं महानगरपालिका भन्दा पहिला उनी नेपालको विभिन्न सञ्चार माध्यममा सक्रिय रहेर काम गरेका थिए । उनले नेपाल लाइभ, नेपालवाच, उकेरा, रुटिन अफ नेपाल बन्द, बाह्रखरी र इकागजजस्ता राष्ट्रिय सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गर्दै सुशासन, सार्वजनिक नीति र सामाजिक मुद्दा कभर गरेका छन् ।
पत्रकारितामार्फत राज्य संयन्त्र, राजनीति र प्रशासनको नजिकबाट अध्ययन गर्ने अवसर पाएका बजगाईं पछिल्लो समय संस्थागत सञ्चार र सार्वजनिक सूचनामा केन्द्रित छन् ।
ग्रामीण विकास विषयमा स्नातक अध्ययन गरेका बजगाईं त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाजशास्त्रमा स्नातकोत्तर गर्दै छन् । सामाजिक न्याय, पारदर्शी शासन, जवाफदेही राजनीति र नागरिक सहभागिता उनको मुख्य चासोका क्षेत्र भएको उनी बताउँछन् ।
राजनीतिक स्थायित्व, स्पष्ट नीति र व्यावहारिक सोचको अभावले मुलुक पछाडि धकेलिँदै गएको छ। यही अवस्थालाई बदल्न अब युवाहरूको नेतृत्व आवश्यक छ। शासकीय सुधार र नयाँ राजनीतिक संस्कृतिको पक्षमा आवाज उठाउँदै आएका उहाँ एक नीति–केन्द्रित र धरातलीय यथार्थमा आधारित उम्मेदवारका रूपमा चिनिएका छन् ।
बजगाईं सञ्चार तथा सार्वजनिक नीतिको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी उज्ज्वल थापाले स्थापना गरेको विवेकशील नेपाली दलमा आबद्ध थिए । यसका अलावा उनी सामाजिक अभियानमा समेत सक्रिय थिए । सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि बजगाईंले २०७२ सालको नाकाबन्दीको समयमा काठमाडौं–वीरगन्ज–जनकपुर पैदल यात्रा गरेका थिए । हुलाकी राजमार्ग मार्फत भएको उक्त यात्रामा बजगाईंले नाकाबन्दीको स्थानीय कारण र समस्याको बारेमा स्थानीयहरूको आवाज उठाउँदै हिँडेका थिए । यस्तै टिकापुरमा भएको घटना पछि काठमाडौं– लुम्बिनी–टिकापुर साइकल यात्रा गरेका थिए । यी दुवै यात्रामा बजगाईंले स्थानीय मानिसको आवाज सुन्दै त्यसलाई राष्ट्रिय बहसमा ल्याउने प्रयत्न गरेका थिए ।
उनले द आर्ट अफ लिभिङ मार्फत ललितपुरका विभिन्न गाउँ–गाउँमा पुगेर राहत सामग्री वितरण गरेका थिए। त्यसैगरी, कालेश्वरस्थित बाघभैरव प्राविधिक विद्यालयमा न्यानो कपडा वितरण गर्नुका साथै, गत वर्ष आएको बाढी–पहिरोका कारण प्रभावित महाङ्काल गाउँपालिकामा राहत सामग्री वितरण गरेका थिए। साथै, खानेपानीको समस्या भएका वडाहरूमा खानेपानीका विभिन्न संघ संस्थाको सहयोगमा पाइपसमेत वितरण गरेका थिए। उनी आफ्नो क्षेत्रमा मात्रै नभएर देशको जुनसुक्कै स्थानमा परेको विपत्ति समयमा राहत र उद्दारको लागि खटिने गरेका छन् ।
यस्तै बजगाईंले पत्रकारिता र सरकारी सञ्चारसँगै समुदाय स्तरको विकास र अनुसन्धानमा पनि सक्रिय रहँदै आएका छन् । उनले ‘बिल्ड नेपाल’ संस्थासँग सहकार्य गर्दै बागलुङको तमानखोला गाउँपालिकाको ‘भिलेज प्रोफाइल’ तयार पार्ने परियोजनामा सहभागी भएर सहभागीमूलक सर्वेक्षण, फोकस ग्रुप छलफल र स्थानीय नेतृत्वसँग समन्वय गरेका थिए ।
त्यसै गरी, ‘रमाइलो शिक्षा’ मार्फत सिन्धुपाल्चोकको माझी गाउँमा प्राविधिक शिक्षाको लागि पहल गरेका थिए । यस्तै उनले बालबालिका र ज्येष्ठ नागरिकका लागि डिजिटल साक्षरता कार्यक्रम समन्वय गरी प्रविधि पहुँच विस्तारमा योगदान पु¥याएका छन् ।
च्यदष्ल एबगमभ िलाई केही कुरा लेख्नुहोस्







प्रतिक्रिया