२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट हेटौंडा जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु(अपडेट)



काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो । जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको उनले बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।