२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मापसे गरी यात्रुलाई दु:ख दिने बल्खु सुमो काउन्टरमा कार्यरत ७ जना पक्राउ



काठमाडौं । लागुपदार्थ सेवन गरी यात्रु तथा सर्वसाधारणलाई दु:ख दिने टिकट काउन्टरका ७ कार्यरत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामनपा–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानको टिकट काउन्टरमा कार्यरत कर्मचारी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ पर्नेहरुमा रौतहटका बसन्तकुमार यादव, चितवनका साजन गुरुङ, तनहुँका पारस गुरुङ, तनहुँका अनुप गुरुङ, झापाका बिक्की श्रेष्ठ, काठमाडौंका अर्जुन भण्डारी र धादिङका अस्मिन लामिछाने रहेका छन् ।

उनीहरुले लागुपदार्थ सेवन गरी यात्रुहरु तथा सर्वसाधारणलाई दुख हैरानी दिने गरेको गुनासोपछि प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरी अस्पताल महाराजगंजबाट खटिएको टोली लिएर लागुऔषध ब्यूरो र कालीमाटी वृत्तको टोली पुगेको थियो । उनीहरुलाई लागुपदार्थ सेवनको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।