काठमाडौं
चलचित्र ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार सार्वजनिक भएको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।
आमा र छोराका इमोस्नल सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले समेटेको छ । दुई दिमा २१ लाखभन्दा धेरैले हेरेको ट्रेलर राम्रो लागेको प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।
ट्रेलरमा ६५ हजारभन्दा धेरै लाइक र १२ सयभन्दा धेरै कमेन्ट आएका छन् । ट्रेलरमा कथा मन परेको र सिनेमा पनि राम्रो रहेको अपेक्षा गरिएको कमेन्टमा देख्न सकिन्छ । कमेडीको फ्लेबर ट्रेलरमा देखिएको छ, यसकारण पनि ट्रेलरलाई दर्शकले रुचाएका छन् ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारहरुको अभिनय रहेको छ ।
नेपाली चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको यो धेरै लामो समयपछि हो । यसले चलचित्र ‘गोबर गणेश’ दर्शकको प्रतिक्षा रहेका प्रष्ट पार्छ ।
“दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,” निर्देशक मरिचमान श्रेष्ठ (धुर्वे) भन्छन्, “सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” आम नेपालीको कथा सिनेमाले उठान गरेकाले चलचित्र धेरैले रिलेट गर्ने उनी बताउँछन् ।
चलचित्र ‘गोबर गणेश’ माघ १ गते प्रर्दशन हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले निर्देशन गरेका छन् ।







प्रतिक्रिया