१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा आफैँलाई गोली हानेर युवकद्वारा आत्महत्या



 

भक्तपुरमा एक युवकले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका ६ थिमिमा आफैँलाई गोली प्रहारपछि आज ४० वर्षीय सनिप चाम्लिङ राईको निधन भएको हो ।

ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको निधन भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिएका छन् ।

आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उनले बताएका छन् ।
घनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।