२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टाहाखेल सडक विस्तार : ठेकेदार र स्थानीयबीच कुरा मिलेन



ललितखबर

केही दिनदेखि गोदावरी नगरपालिकाको टाहाखेल सडक विस्तार सुरु भएको छ ।
सडक विस्तार सुचारु भइरहे पनि स्थानीय जग्गाधनी र ठेकेदार कम्पनीहरुबीच विवाद देखिएको छ । निरज निर्माण र कृति जेभिले सडक विस्तारका लागि काठमाडौं चक्रपथ विस्तार सुधार आयोजनाबाट सडकको दुबै तर्फ १९ मिटर विस्तारका लागि ठेक्का पाएको प्रोपाइटर निरज श्रेष्ठ बताउछन् । भन्छन्, तर नगरपालिकाले दुबैतर्फ १६ मिटर विस्तारका लागि सूचना प्रकाशित गरिदिएपछि के गर्ने भन्ने अन्यौल बढेको छ । स्थानीयहरु १९ मिटर सडक विस्तार गर्ने पक्षमा छैनन् ।
ठेकेदार एजेन्सीका प्रोपाइटर श्रेष्ठ स्थानीयले १९ मिटर सडक विस्तार गर्न नदिए आफूले फुटपाथ बनाउन नसक्ने बताए । उनले ललितखबरसँग भने , ‘सडक आयोजनाको कार्यादेश विपरित काम गर्न हामीलाई अप्ठ्यारो छ । अहिले नै फुटपाथ बनाउन सकिदैन ।’ ।त्थउभ भत्रगबतष्यल जभचभ।
एक स्थानीय जग्गाधनीले १६ मिटरभन्दा धेरै ठाँउ लिन खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘हामी नगरपालिकाले भनेको कुरामा सहमत छौं । अन्यथा गरिए सडक विस्तार रोकिदिन्छौं ।’

हाल सडकमा ढल राख्ने क्रम चलिरहेको छ । ठेकेदार कम्पनीलाई असारमसान्तसम्म सडक विस्तार गर्ने समय सिमा दिइएको छ । ठेकेदार कम्प्नीका प्रोपाइटर श्रेष्ठ दुई तीन महिनासम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउछन् ।
पाँच बर्षअघि कान्तिलोकपथको प्रस्थानविन्दु सातदोवाटो ढोलाहिटी सडक समेत १६ मिटर मात्रै विस्तार गरिएको थियो । स्थानीयहरुलाई समहत गराएर गोदावरी ३ टौखेल सडक समेत १६ मिटर मात्रै विस्तार गरिएको थियो ।
केही समयअघि टाहाखेलदेखि लेलेसम्म सडक विस्तार भइसकेको छ ।
यो सडक २०१३ सालबाट कान्तिलोकपथ कामय रहेको भएपनि सरकारले केही समयअघि एकान्तकुना छम्पीलाई कान्तिलोकपथ कामय गरेको थियो । हाल सो सडक समेत विस्तारको क्रममा छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।