काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री घिसिङले राजीनामा दिएका हुन् ।
उनले बुधबार राति बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।
घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय पनि सम्हाल्दै आएका थिए ।








प्रतिक्रिया