मानिखेल
दक्षिण ललितपुरको मानिखेलमा १० शैय्याको आधारभूत अस्पताल भवनको समुद्घाटन गरिएको छ ।
महाङ्काल गाउँपालिका २, मानिखेलमा निर्माण सम्पन्न १० शैय्याको मानिखेल आधारभूत अस्पताल भवनको पालिका अध्यक्ष गणेश केसीले शुभारम्भ गरेका हुन् ।
एक स्थानीय तह–एक आधारभूत अस्पतालको अवधारणा अनुसार निर्माण गरिएको आधारभुत अस्पतालमार्फत स्थानीयबासीले गुणस्तरिय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
यद्यपी अस्पतालका लागि आवश्यक उपकरण र जनशक्ति उपलव्ध नहुँदा अस्पतालको भवन मात्रै बनाएर कुनै उपलव्धि नहुने स्थानीयबासीले गुनासो गरेका छन् । अस्पताल सुचारुपछि दक्षिण ललितपुर, मकवानपुर र काभ्रेका स्थानीयबासीले स्वास्थ्यलाभ गर्न पाउनेछन् ।







प्रतिक्रिया