काठमाडौं । काठमाडौँको पुरानो वानेश्वर–सिनामंगल सडक खण्ड अन्तर्गत भिमसेनगोला क्षेत्रमा खानेपानी लिकेजको मर्मत कार्य भइरहेको छ। मर्मत कार्यका कारण मिति २०८२।०९।२४ गते सो सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।
मर्मत कार्यका क्रममा पुरानो वानेश्वर र भत्केको पुल हुँदै चल्ने सम्पूर्ण सवारी साधनलाई डाइभर्सन गरिएको छ। दिगो यातायात (सार्वजनिक सवारी) का लागि ज्ञानेश्वर–रातोपुल–गौशाला–एयरपोर्ट हुँदै सिनामंगल आउने–जाने रुट व्यवस्थापन गरिएको सम्बन्धित निकायले जनाएको छ।
यस्तै, अन्य सवारी साधनका चालकहरूलाई पनि असुविधा न्यूनीकरणका लागि वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। मर्मत कार्य सम्पन्न भएपछि सवारी आवागमन पुनः सहज हुने जनाइएको छ







प्रतिक्रिया