२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता सञ्जय दत्तले गरे पशुपतिनाथमा विशेष पूजा



काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त (सञ्जु) ले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन्। शुक्रबार बिहान उनले पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजा अर्चना गरेका हुन्।

पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा उनलाई पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले स्वागत गरेका थिए। सञ्जय दत्त बिहीबार काठमाडौं आएका थिए। उनी केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालनमा आएको क्यासिनो ‘बादशाह’को उद्घाटन गर्न नेपाल आएका हुन्।

काठमाडौं बसाइका क्रममा उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत भेटघाट गरेका थिए।

पशुपतिनाथ दर्शनपछि सञ्जय दत्त आजै भारतको दिल्ली फर्किएका छन्।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।