२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सञ्जय दत्तले भेटे प्रदीप खड्कादेखि नीति शाहसम्म



काठमाडौं । चर्चित बलिउड अभिनेता सञ्जय दत्तले नेपाल आएर नेपाली कलाकारहरूसँग भेटघाट गरेका छन्। उनले अभिनेता प्रदीप खड्का, सन्दीप क्षेत्री, अभिनेत्री नीति शाह र गायिका स्मिता दाहाल लगायतसँग भेट गरेका हुन्।

कलाकारहरूले सञ्जयसँगको भेटघाटका तस्विर र भिडिओ सामाजिक सञ्जालमा साझा गरेका छन्। सन्दीप क्षेत्रीले बाल्यकालको हिरो सञ्जयसँग भेटेको अनुभवलाई जीवनभरको सम्झना भएको भन्दै फेसबुकमा फोटो र भिडिओ राखेका छन्। प्रदीप खड्काले पनि भेटेको खुसी व्यक्त गर्दै फोटोमा लेखेका छन्, “बत्तीहरू पूर्ण रूपमा राम्रो नभए पनि त्यहाँको माहोल अद्भुत थियो।” अभिनेत्री नीति शाहले पनि केही तस्बिरहरू क्याप्सनसहित साझा गरेकी छन्।

सञ्जय दत्त नेपाल आएका बिहिबार साँझ राजधानीमा बादशाह क्यासिनो उद्घाटनका लागि आएका थिए। एयरपोर्टमा उनलाई ढाकाटोपी लगाएर स्वागत गरिएको थियो।

उनले नेपाल आगमनसँगै पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**को निवास ललितपुर हात्तीवनमा भेट गरेका थिए। त्यहाँ उनले प्रचण्डकी नातिनी तथा गायिका स्मिता दाहालसँग समेत भेटे। गत वर्ष स्मिताको विवाहमा उनीले भिडियो सन्देशमार्फत शुभकामना दिएका थिए।

त्यसैगरी, दत्तले चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका थिए। शुक्रबार उनले पशुपतिनाथ मन्दिरमा पनि दर्शन गरेका छन्।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।