२६ पुस २०८२, शनिबार | Sat Jan 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कुमारी’ले देशभर लाइभ म्युजिकल कन्सर्ट गर्दै



 

काठमाडौं 
प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि देशभर लाइभ म्युजिकल कन्सर्ट हुने भएको छ ।

बिहीबार साँझ काठमाडौंमा यस चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ुकेहर एन्ड द लुङाुले चलचित्र गीतमा प्रस्तुति दिँदै आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै यसबारेमा जानकारी गराइएको हो।

बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यस एकीकृत प्रमोशनल टुर देशव्यापी स्तरमा सञ्चालन हुनेछ, जहाँ ब्यान्डसहित चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतसहितको समूह रहनेछन्।

चलचित्र ‘कुमारी’को साङ्गीतिक आत्माका रूपमा स्थापित सो ब्यान्डलाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ, जसअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ। काठमाडौंको कन्सर्टमै चलचित्र ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।

हाल यस चलचित्रको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ। यस गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ। बिहीबारको कार्यक्रममा केहरले ‘डोको बुन्ने’ र यही चलचित्रको अर्को गीत ‘कता छौ मेरो फूल’ प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।