२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपा र उज्यालो नेपाल पार्टीबीचको सहमति दुई हप्तामै टुंगियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच गरिएको एकता सहमति १२ दिनमै भंग भएको छ। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर गरिएको सहमति पद बाँडफाँट, सिद्धान्त, पार्टीको नाम परिवर्तनलगायत विषयमा सहमति नजुटेपछि अन्त्य भएको हो।

एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ भने रास्वपाको आकस्मिक सचिवालय बैठकले एकता अनुमोदन नगर्ने निर्णय गरेको छ।

रास्वपाले उज्यालो पक्षले पूरा गर्न नसकिने माग राखेको दाबी गरेको छ भने कुलमान पक्षले सम्मानजनक सहभागिता नदिइ विलय गर्न खोजिएको आरोप लगाएको छ। सिद्धान्त, संघीयता, धर्म निरपेक्षता र पार्टी संरचनासम्बन्धी लिखित सहमतिमा कुरा नमिलेपछि एकता टुटेको जनाइएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।