काठमाडौं । काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेको करिब दुई दशक बितिसक्दा पनि देशले गहिरो संकट भोगिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले पहिले देश नबनेको चिन्ता भए पनि अहिले देश नै नबच्ने हो कि भन्ने निराशा बढेको बताए ।
भाषण र चमत्कारले देश नबन्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाको भूमिका स्मरण गराएका छन् ।
साथै, शान्ति र स्थायित्वको आश्वासन दिएर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफू राजकाजबाट बाहिरिएको र देश पृथ्वीपथमा अघि बढ्न सबै नेपालीको कर्तव्यबोध आवश्यक रहेको उनको भनाइ छ ।








प्रतिक्रिया