पाँच हजार जना मोतिविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया नभएसम्म अभियान नरोकिने
ललितपुर
ललितपुरमा सुरु भएको आँखा शिविरमा दश प्रतिशतभन्दा धेरै सहभागीमा मोतिविन्दु फेला परेको छ ।
पाटनको भिन्छेबहाल र इमाडोलमा शनिबार सम्पन्न आँखा शिविरमा एक सय ८३ जनाको आँखा परिक्षण गरिएको थियो ।
‘लाइन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ एस नेपाल’, तिलंगगा सामुदायिक आँखा केन्द्र चापागाउँलगायतको आयोजनामा सम्पन्न शिविरमा आँखा परीक्षण गराउनेमध्ये १९ जनाको मोतिविन्दु देखिएको हो । मोतिविन्दु देखिएकाहरुको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।
मोतिविन्दु भएकाको निःशुल्क शल्यक्रिया गर्ने अभियानमा जुटेका पाटनका विद्युत बज्रचार्यले शनिबार सुरु आँखा शिविर पाँच हजार जना मोतिविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया नभएसम्म अभियान नरोकिने बताए । ‘पहिलो चरणमा मोतिविन्दु देखिएकाहरुको पुस २८ गते शल्यक्रिया गर्ने योजनामा छौं,’ उनले भने ।
शिविर आयोजना गर्नको लागि पाटन भिन्छेबहालस्थित मयुरवर्ण बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गरेको हो । मयुरवर्ण सहकारी संस्थाका अध्यक्ष अष्टराज बज्रचार्यले विभिन्न कारणले बढ्दो आँखा सम्बन्धि समस्या समाधान गर्न सहकारीले भुमिका खेलेको बताए । ‘जनताको स्वास्थ्य राम्रो बनाउन सहकारीले अझै भुमिका खेल्दै जानेछौ,’ उनले भने ।








प्रतिक्रिया