२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध चयन



 

भक्तपुर
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् ।
संघको गतशुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथाअधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन् । साधारणसभा तथाअधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति िनर्वाचित भए । साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एशोसिएटतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति निर्वाचित भए । यसैगरी, महासचिवमा रुकेश रंजित, सचिवमागौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासू (राजु), राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भए । महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वाना बासू र शिशिर किसी निर्वाचित भएका छन् ।
महासचिव र एशोसिएटतर्फका कार्यसमिति सदस्यहरु बाहेक अन्यपदाधिकारी एवं कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं प्रमुखनिर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाले जानकारी दिए । संघको नवनिर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई शनिबार एक कार्यक्रमकाबीच प्रमाण पत्रवितरण गरिएको छ । यसैगरी, नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई प्रमुखनिर्वाचन अधिकृत तिमिलाले सपथ गराए ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफूलाई निर्विरोध निर्वाचित गराएकोमा धन्यवाद दिँदै सबैको सल्लाह, सुझाव लिएर अगाडि बढ्ने बताउँदै सामूहिक कार्य र निर्णयबाट मात्र सफलता प्राप्त हुने भएकाले आफ्नो कार्यकाल सफल बनाउन सबैबाट साथ र सहयोग प्राप्तहुनेमा विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।