लुभु
ललितपुरको शंखादेवी मन्दिरमा राजनीतिक निकासको कामना गर्दै भजन कीर्तन गरिएको छ ।
देशमा राजनीतिक निकास, शान्ति, समृद्धि र स्थायित्वको कामना गर्दै ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित ऐतिहासिक शंखादेवी मन्दिरमा भजन कीर्तन र विशेष कार्यक्रम सम्पन्न भएको हो ।
शंखादेवी मन्दिर संरक्षण संस्थाको दोस्रो साधारण सभा एवं वार्षिक उत्सवको अवसर पारेर दिनभरि भजन कीर्तन र संस्थाको नयाँ कार्यसमिति निर्माणको काम भयो । शंखादेवी मन्दिर संरक्षण संस्थाले स्थापना गरेको अक्षयकोषमा दान गर्ने दाताहरूलाई सम्मान पनि गरिएको संस्थाको अध्यक्षको रूपमा निर्वाचित जयरथ खड्काले जानकारी दिएका छन् ।
कार्यक्रममा महालक्ष्मी वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ, व्यासाचार्य भुवन घिमिरे र नेपाल संस्कृत विश्वविद्यालयकी उपप्राध्यापक एवं श्रीमद्भागवत वाचिका सविना नेपाल लगायत सहभागी थिए उनीहरुले मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वबारे जानकारी दिंदै सीआईएनका प्रमुख दीपक आचार्यले भने, “विष्णुको शंखको जिम्मा लिएर राक्षसहरूसँगको युद्धमा विजय दिलाउन शंखादेवी माताले महत्त्वपूर्ण भूमिका खेलेको र कामधेनु गाईसँग जोडिएको सम्बन्धले गोदावरी, विशंखुनारायण र गोब्राटेश्वरको संगमको रूपमा शंखादेवी रहेको बताउनु भयो ।
कामधेनु गाई र विभिन्न श्रृषिहरुले तपस्या गरेको क्षेत्र भएकाले यसको थप प्रचार प्रसार आवस्यक रहेको उनले बताएका थिऐ । लुभुस्थित महालक्ष्मी र गोदावरीको विशंखुसँग सम्बन्ध जोडिएको यो मन्दिरलाई लक्ष्मी र विष्णुको संगमस्थलका रूपमा मानिन्छ ।








प्रतिक्रिया