१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको शंखादेवी मन्दिरमा राजनीतिक निकासको कामना गर्दै भजन कीर्तन



लुभु
ललितपुरको शंखादेवी मन्दिरमा राजनीतिक निकासको कामना गर्दै भजन कीर्तन गरिएको छ ।

देशमा राजनीतिक निकास, शान्ति, समृद्धि र स्थायित्वको कामना गर्दै ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित ऐतिहासिक शंखादेवी मन्दिरमा भजन कीर्तन र विशेष कार्यक्रम सम्पन्न भएको हो ।

शंखादेवी मन्दिर संरक्षण संस्थाको दोस्रो साधारण सभा एवं वार्षिक उत्सवको अवसर पारेर दिनभरि भजन कीर्तन र संस्थाको नयाँ कार्यसमिति निर्माणको काम भयो । शंखादेवी मन्दिर संरक्षण संस्थाले स्थापना गरेको अक्षयकोषमा दान गर्ने दाताहरूलाई सम्मान पनि गरिएको संस्थाको अध्यक्षको रूपमा निर्वाचित जयरथ खड्काले जानकारी दिएका छन् ।

कार्यक्रममा महालक्ष्मी वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ, व्यासाचार्य भुवन घिमिरे र नेपाल संस्कृत विश्वविद्यालयकी उपप्राध्यापक एवं श्रीमद्भागवत वाचिका सविना नेपाल लगायत सहभागी थिए उनीहरुले मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वबारे जानकारी दिंदै सीआईएनका प्रमुख दीपक आचार्यले भने, “विष्णुको शंखको जिम्मा लिएर राक्षसहरूसँगको युद्धमा विजय दिलाउन शंखादेवी माताले महत्त्वपूर्ण भूमिका खेलेको र कामधेनु गाईसँग जोडिएको सम्बन्धले गोदावरी, विशंखुनारायण र गोब्राटेश्वरको संगमको रूपमा शंखादेवी रहेको बताउनु भयो ।

कामधेनु गाई र विभिन्न श्रृषिहरुले तपस्या गरेको क्षेत्र भएकाले यसको थप प्रचार प्रसार आवस्यक रहेको उनले बताएका थिऐ । लुभुस्थित महालक्ष्मी र गोदावरीको विशंखुसँग सम्बन्ध जोडिएको यो मन्दिरलाई लक्ष्मी र विष्णुको संगमस्थलका रूपमा मानिन्छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।