१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ८३ वर्षीय वृद्धको शव इनारमा भेटियो



ललितपुर । ललितपुरमा ८३ वर्षीय वृद्ध गर्जमान थापाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। मृतकको शव बोरामा राखेर इनारमा फालेको अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, वृद्ध शुक्रवारदेखि हराएका थिए र प्रहरीमा खोजीको खबर आएको थियो। सोमबार ललितपुरकै किष्ट अस्पताल नजिकैको इनारमा शव भेटिएको हो।

हत्या अनुसन्धानको प्रारम्भिक निष्कर्षअनुसार बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको हुनाले हत्या नै भएको ठहर गरिएको छ। घटना सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

वृद्ध थापा इलाम घर भएका थिए र ललितपुर महानगरपालिका–१७, प्रसिद्ध टोलमा बस्दै आएका थिए।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।