काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लास्थित जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।
ठेकेदारबीचको विवादका कारण लामो समयदेखि निर्माण कार्य ठप्प रहेको उक्त भवनमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले जानकारी दिए । प्रारम्भिक अनुमानअनुसार शव केही दिनअघिको हुन सक्ने प्रहरीको भनाइ छ ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । अनुसन्धानबाट ती व्यक्ति केही दिनदेखि सोही निर्माणाधीन भवनमा बसोबास गर्दै आएको र सडकमा प्लास्टिक संकलन गरी जीवनयापन गर्ने गरेको खुलेको छ ।
उनी त्यहीँ खाना पकाएर खाने गरेको समेत पाइएको प्रहरीले जनाएको छ ।
घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया